तुलसीपुर, माघ २० । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिन थियो । सोही दिनलाई प्रदेशसभा स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ । फागुन ३ गते सरकार गठन भएको दिनमा पनि प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।
तर, गतवर्षदेखि माघ २१ गतेका दिन प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।
स्थापना दिवसको अवसरमा आइतबारदेखि तीन दिन मंगलबारसम्म विभिन्न कार्यक्रम आयोजना गर्दै छ । स्थापना दिवसमा आउने उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने भएको छ ।
प्रथमलाई २० हजार, दृतियलाई १५ हजार, तृतियलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार