२०८२ असार ३० गते मङ्गलवार

के थियो, ६८ बर्षे बृद्धको बहिनी ज्वाँइ र दिदी सासुले हत्या गर्नुको कारण

दाङ, माघ २० । प्यूठानको गौमुखी गाउँपालिका – ५ का ६८ बर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा स्थानीय ५१ बर्षीय लोकबहादुर गिरी र ५० बर्षीया जेदु न्यौपाने पक्राउ परेका छन् । लोकबहादुर जेदुकी सहोदर बहिनीका श्रीमान हुन ।

बहिनी ज्वाँइ लोकबहादुर र दिदी सासु जेदुका बीचमा अबैध प्रेम सम्बन्ध रहेको प्रहरी बताउँछ । जेदुको त्यस्तै सम्बन्ध हत्या गरिएका चिन्तामणि संगपनि थियो ।

बढ्यौली उमेरको अबैध प्रेम सम्बन्धका कारण चिन्तामणिको हत्या बहिनी ज्वाँइ र दिदी सासुले मिलेर गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशब केसीले बताए ।

त्यही त्रिकोणात्मक प्रेम सम्बन्धका कारण एक बर्ष पहिले चिन्तामणिले संगै फेला पारेपछि लोकबहादुर र जेदुलाई जेदुकै घरमा बाहिरबाट चुक्कुल लगाइ थुनिदिएका थिए ।


चिन्तामणिले चुक्कुल लगाइ उनीहरुलाई थुनिदिएपछि गाँउ समाज सबैले उनीहरु बीचको गलत सम्बन्धका कारण थाहाँ पाएको थिए । त्यसको बदला लिने दाउमा लोकबहादुर र जेदु थिए । माघ १७ गते बेलुका जब लोकबहादुर र जेदु संगै थिए त्यतिखेर फेरि चिन्तामणिले जेदुलाई फोन सम्पर्क गर्छन ।
त्यतिखेरै लोकबहादुरले जुदेलाई एकान्त स्थलमा बोलाई चिन्तामणिको हत्याको योजना सुनाउँछन् ।


सोही योजना अनुसार जेदुले चिन्तामणिलाई उनको घरदेखि झन्डै डेढ किलोमिटर टाढाको एकान्तस्थलमा भेट्नका लागि बोलाउँछिन् । राति साढे ८ बजेतिर चिन्तामणि जेदुले बोलाएको ठाउँमा पुग्छन् ।


तर, त्यहाँ जेदु न्यौंपाने संगै लोकबहादुर गिरीपनि थिए । लोकबहादुर र चिन्तामणिको बीचमा बादबिबाद सुरु हुन्छ । त्यतिकैमा उनीहरु एक आपसमा जाइ लाग्न खोज्छन् ।

त्यही बीचमा लोकबहादुरले आँफुले साथमै लगेर गएको भरुवा बन्दुकको बडले चिन्तामणिको मुखमा हिर्काउँछन् । चिन्तामणि भूइमा लडेपछि उनीहरुले ढुँगाहरुले प्रहार गर्छन ।

उनको मृत्यु भइ सकेपछि जेदु र लोकबहादुर त्यहाँ बाट लाग्छन् । यो बीचमा जेदु घरमै बस्दै आएकी थिइन भने लोकबहादुर भने दिनभर जसो स्थानीय वन जंगलमा लुकिछिपी बस्दै आएको प्रहरी प्रमुख डिएसपी दिपेश वस्यालले बताए ।


पक्राउ परेका दुबै जनाले अपराध स्वीकारेको उनले जानकारी दिए ।उनीहरुका बिरुद्ध कतब्र्य ज्यान शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान हुने पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जेदु न्यौंपानेलाई अघिल्लो दिन नै पक्राउ गरेको थियो भने लोकबहादुरलाई भने शनिबार राति मात्रै पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *