तुलसीपुर, माघ १९ । तुलसीपुर डाटा प्रोफाइलको मेयर टीकाराम खड्काले शनिबार अनावरण गरेका छन् ।
डाटा प्रोफाइल अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले अहिलेको जमानामा बिगतको जस्तो तमसुकको सैलीमा अगाडि बढ्न संभव नभएको बताए ।
काम पारदर्षी, जबाफदेही, कर्तब्यबोध गर्न सिकाउने प्रबिधि मैत्री प्रणाली आजको आवश्यकता रहेको उनले चर्चा गरेका थिए ।
‘ तुलसीपुरलाई स्मार्ट नगर’ बनाउन अव प्रबिधिमा जानै पर्छ, डाटाहरुमा हामी खेल्न सिक्नै पर्छ,’ उनले भने ‘ हाम्रा डाटाहरुको सहयोगबाट अमेरिकामा बस्ने मानिसले पनि आँफै प्रक्रिया पुरागरि काम गर्न सक्ने अवशर छ ।’
सुरुमा इ–सेवाबाट जोड्दापनि घरबाटै काम गर्न धेरैलाई सजिलो भएको भन्दै अब पहिले जस्तो हस्तलिखित काम गर्नु भन्दा प्रबिधि मैत्री बन्न सबैले लाग्नुपर्ने जोड दिए ।
काम छिटो छरितो हुने, सजिलो हुने, घरैबाट काम गर्न सकिने , आवश्यक तथ्य र तथ्याङक बाट आवश्यक सामाग्री खोज्न सजिलो हुने हुँदा अब तुलसीपुरले सबै सेवाहरु प्रबिधि मैत्री बनाउँदै लैजाने उनले बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मेयर घनश्याम पाण्डेले अहिलेको जमानामा जो ब्यक्ति संग डाटा छ, त्यो सबै भन्दा शक्तिशाली ब्यक्ति बनेको बताए ।
आँफु निर्वाचित भएपछि तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार बिकास गर्न खोजेको तथा सूचना प्रबिधिमा लैजान खोजेको भएपनि यतिखेर एकीकृत तथ्याङ्क प्रणाली लागु गर्ने तुलसीपुर नेपालकै पहिलो स्थानीय तह भएकोमा खुसी ब्यक्त गरेका थिए ।
तथ्थ र तथ्याङ्कमा टेकेर काम गर्दा धेरै सजिलो हुने गरेपनि तथ्याङ्क तथ्यपरक नभए त्यो मिथ्याँङ्क मात्रै साबित हुने हुँदा अपडेट आवश्यक रहेको बताए । आँफुले गरेको कामको मोनिटरिङ गर्ने पद्धतिको बिकास हुन सके त्यसमा सुधार हुन सक्ने उनले सुझाएका थिए ।
तुलसीपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, तुलसीपुर – ६ का पूर्व वडाध्यक्ष नवराज लामिछाने, पत्रकार सुशिल बस्नेत, ओपन डाटा प्रोफाइलका निकेश बलामी, एशिया फाउन्डेसनकी आर्या भण्डारी लगाएतले डेटा प्रोफाइल निकै उपयोगी भएको बताएका थिए ।
कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसनका सुरेश रावतले गरेका थिए ।
अनावरण कार्यक्रम होटेस वष्टर्न प्यालेसको सभाहलमा भएको थियो ।