दाङ, माघ १९ । नेपाली काँग्रेसका एक जना नगर सभापति मृत फेला परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरसभापति अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका –१८ को वडा कार्यालय नजिकैको बाटोमा मृत अवस्थामा फेला परेका हुन ।
बाटोमा घोप्टो परेको अवस्थामा उनको शब फेला परेपछि घटना अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर झिकाएको छ ।
कञ्नपुरका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ ।
काँग्रेस नगर सभापतिको कलौनीको मृत्यु बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार

