२०८२ मङ्सिर १ गते सोमवार

धरिलो हतियार प्रहार गरि ६८ बर्षीय पुरुषको हत्या

दाङ, माघ १९ । प्यूठानमा धारिलो हतियार प्रहार गरि एक जेष्ट नागरिकको हत्या भएको छ ।

जिल्लाको गौमुखी गाउँपालिका – ५ का ६९ बर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको अबस्थामा शुक्रबार बिहान ९ बजेतिर शब फेला परेको थियो ।


जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार स्थानीय खुमबाट नारिकोट जाने भित्री बाटोमा हत्या गरिएको अवस्थामा शब फेला परेको थियो ।

उपाध्याको अनुहारमा गहिरो घाउ खत रहेको थियो । उनी माथि घरेलु हतियार वा कुनै गह्रौं बस्तुले प्रहार भएको हुन सक्ने प्रहरी निरीक्षक केसीले बताए ।

प्रहरीले केही ब्यक्तिलाई घटना अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *