तुलसीपुर,माघ १६ । निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ द्वारा कुनै वैज्ञानिक तथ्य विना हचुवाका भरमा जारी गरेको शिक्षक सरुवा निदेर्शिका २०८१ ले देशभरीका सामुदायिक विद्यालयमा शिक्षण पेशामा आवद्ध भएका ५० हजार नवप्रवेशी शिक्षकलाइ कनिष्ठताको विल्ला भिराई सरुवा हुन पाउने नैसर्गिक अधिकारवाट वन्चित पारेको छ । लामो समय देखि उक्त अवैज्ञानिक शिक्षक सरुवा निर्देशिका नयाँ सरकार र मन्त्रीले खारेज गर्छ कि भन्ने आशामा बस्दै आएकोमा नयाँ सरकारबाट पनि कुनै खारेजीको संकेत देखाएक्क छैन भने पेशागत संघ, संगठन, महासंघ लगाएतले कुनै चासो पहल कदमी नलिएकोले नवप्रवेशी देशभरीका कनिष्ठको बिल्ला भिराइएका शिक्षकहरु संगठित भई आफ्नो हकहितका लागि सङ्गठित हुनुपरेको छ ।
सोही अनुरुप नेत्रलाल भट्टराईको संयोजकत्वमा सरुवा बन्चित केन्द्रिय तदर्थ समिति गठन गरिएको छ । भट्टराई संयोजक रहेको समितिको सह-संयोजकको रुपमा हिमाल कडेल रहेका छन ।
नव प्रवेशी शिक्षकहरु एकजुट भई संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने भएकोले हाललाई तपशिल अनुसारको केद्रिय तदर्थ समिति घोषणा गरी छिटै प्रदेश, जिल्ला र स्थानीय तहमा सरुवा वन्जित संघर्ष समिति गठ्न गरी सघर्षका कार्यकमहरु घोषणा गर्नुपर्ने भएकोले देश भरीका सबै पिडितहरु गोलबद हुन आग्रह गरिएको छ ।
उक्त अवैज्ञानिक सरुवा निर्देशिकाबाट शिक्षण पेशामा युवा जनशक्तिलाई वितृष्णा जगाउनुका साथै देशभरीका सामुदायिक विद्यालयहरुको व्यवस्थापनमा समेत कठिनाई भई विद्यालय धरासायी भईरहेकाले पुनः तत्काल उक्त निर्देशिका खारेज गरी सार्वभौम संसदमा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयक मार्फत सबै समस्या को समाधान गर्न नेपाल सरकार शिक्षा मन्त्रालय लाई अनुरोध गरेको समेत जानकारी गराइएको छ।
अब छिट्टै प्रदेश, जिल्ला र स्थानीय तहमा कमिटी घोषणा गरि आन्दोलनका थप कार्यक्रमहरुको आह्वान गरिने संयोजक भट्टराईले बताएका छन ।


