२०८२ असार २७ गते शनिवार

स्वर्गिय बिष्णु केसीको स्मृतिमा तुलसीपुरमा मुटकोर्ट बहस

तुलसीपुर, माघ १६ । तुलसीपुरका प्रतिष्ठित ब्यबसायी स्वर्गिय बिष्णु केसीको स्मृतिमा मंगलबार तुलसीपुरमा पहिलो मुटकोर्ट बहस भएको छ ।

तुलसीपुर मेट्रो कलेजको आयोजना र तुलसीपुरस्थित गणेश पाउरोटी उद्योगको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशस्तरिय मुटकोर्ट बहस भएको हो । बहसमा बुटवको कलेज प्रथम भएको हुँदै २० हजार पुरस्कार र मेडल थापेको थियो ।

तुलसीपुर मेट्रो कलेज दृतिय हुँदै आठ हजार नगद र मेडल प्राप्त गरेको थियो । बेष्ट बक्तासहित थप तीन जना जनही पाँच हजारका दरले पुरस्कृत गरिएका थिए ।

मेट्रो कलेज प्रस्ताब लिएर आएपछि सामाजिक उत्तरदायित्व अन्तरगर्त आँफुले आर्थिक साहेताको हात अगाडि बढाएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा गणेश पाउरोटी उद्योगका सञ्चालक बिनिल केसीले बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै न्याय परिषदका पूर्व सदस्य पदम बैदिकले मुटकोर्ट बहसले बिद्यार्थीलाई प्रयोगत्मकरुपमा ब्यबहारिक ज्ञानदिन सफल भएको बताए ।


स्वर्गिय बिष्णु केसीको स्मृतिमा आयोजना गरिएको मुटकोर्ट बहसले बिद्यार्थीमा वकालत क्षमता बिकास गरेको र भविश्यमा न्यायका पक्षमा थप सशक्त भइ उभिन टेवा पुग्ने बताए ।


तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले मेट्रो कलेज स्थापना एक सपना भएपनि आज त्यसले सार्थकता पाएको बताए । भविश्यमा कलेजले तुलसीपुर क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै तुलसीपुरको पहिचान स्थापित गर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले मुटकोर्ट बहस सुन्दा न्याय मर्दैन भन्ने भाष्य स्थापित गर्न खोजेको तर्क गरेका थिए ।

उनले पत्रकारले आम नागरिकको आवाज बोल्ने हुँदा पत्रकारलाई वकिलको जस्तो लाइसेन्स आवश्यक नपर्ने तर्क गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा अधिबक्ता सुदिप गौतमले कानुन पढ्न विद्यार्थी अत्येन्तै अध्यनशिल, तार्किक र स्पष्ट बोल्न सक्ने खुबीको हुनुपर्ने बताए ।

तुलसीपुर उद्योग बाणिज्य पूर्व अध्यक्ष बिमल रिजालले आँफुले कानुन पढेर ब्यबसायमा लाग्दा धेरै सजिलो भएको बताए ।

अधिबक्ता अनुप चन्दले मुटकोर्ट बहसले धेरै विद्यार्थीमा आत्मबल र केस कसरी फेस गर्ने कुराहरुमा ब्यबहारिक ज्ञान दिएको बताएका थिए ।


कार्यक्रमको सहजीकरण मेट्रो कलेजको प्रमुख वशन्त आचार्यले गरेका थिए ।स्वर्गिय विष्णु केसी तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन ।

उनी रेडियो तुलसीपुर संचालक समितिको संस्थापक उपाध्यक्षपनि हुन । बिगतमै उनले ब्यबस्थापन संकायमा बिकम उत्तीर्ण गरेका थिए ।

जनकपुर सुर्ती कारखानामा काम गर्दै उनले पढाइ पुरा गरेका थिए ।
त्यसपछि तुलसीपुरका कपडाको ब्यापार गर्दै आएका विष्णु केसीको ५४ बर्षको कलिलो उमेरमै उनको मृत्यु भएको थियो ।

तस्बिर : शरद रेग्मी ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *