घोराही, माघ १६ । घोराही उपमहानगरपालिकाको ४७औँ स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङका कोषाध्यक्ष लिलाधर वलीसहित तीन जना पत्रकार पुरस्कृत भएका छन ।
सञ्चार क्षेत्रबाट स्थानीय विषयवस्तुहरूको उठान, नागरिकमा जनचेतना अभिवृद्धि एवम् उपमहानगरपालिका गतिविधिहरूको प्रचारप्रसारका माध्यमबाट नगरको सर्वाङ्गीण विकासमा योगदान पु¥याएको भन्दै युनियनका कोषाध्यक्षका साथै गोरक्ष राष्ट्रिय दैनिक र गोरखापत्र दैनिकमा कार्यरत वलीसहित तीन जना पुरस्कृत गरिएका हुन ।
युनियन कोषाध्यक्ष वलीका साथै रेडियो मध्यपश्चिममा कार्यरत भावना सुवेदी र ग्रामीण अपडेट अनलाइनका दीपक वली पुरस्कृत भएका छन् ।
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
