२०८१ माघ २६ गते शनिवार

घोराहीका सुवेदी चरेशसहित पक्राउ

तुलसीपुर, माघ १६ । घोराहीबाट एक युवा प्रतिबन्धित लागु औषध चरेशसहित पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका – १३ का २३ बर्षीय गोबिन्द सुवेदी चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

घोराही – १४ मिलनचोक वाट मंगलबार बेलुकी साढे ६ बजेतिर उनी पक्राउ परेका थिए ।

उनको शरिर खानतलासी गर्ने क्रममा १७० मिली ग्राम चरेश र नशाका लागि प्योग हुने ट्याबलेटपनि बरामद भएको प्रहरी प्रबक्ता शाहले बताएका छन् ।
प्क्राउ परेका ब्यक्ति उपर थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *