२०८२ कार्तिक २४ गते सोमवार

लुम्बिनी प्रदेश प्रमुख घर्तीले घोराहीको महायज्ञ उद्घाटन गर्ने

घोराही, माघ १६ । बिहीबारदेखि घोराहीमा सुर हुन गइ रहेको महायज्ञको लुम्बिनी प्रदेश प्रमुखले कृष्णबहादुर घर्तीले गर्ने भएका छन् ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाले महायज्ञको आयोजना गरेको हो ।

घोराही उपमहानगरपालिका – १० मा रहेको मानव सेवा घरको दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यका साथ माघ १७ गतेदेखि २४ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ को लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उद्घाटन गर्ने भएका छन् ।

त्यसपूर्व बिहीबार विहान ११ बजेखि शोभाकलश यात्रा हुने महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *