२०८२ असार २७ गते शनिवार

शहिद प्रति उचित सम्मान गर्नु पर्छ – काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी

तुलसीपुर, माघ १५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले राज्यले शहिदहरु प्रति उचित सम्मन गर्नुपर्ने बताएका छन् ।


नेपाली काँग्रेस तुलसीपुर उपमहानगर – ५ वडा इकाइ समितिले शहिद दिवसको अवशरमा गरेको वडा सम्मेलन तथा शदिर परिवारलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि नेता गिरीले शहिदको योगदानका कारण अहिलेको परिवर्तन र लोकतन्त्र संभव भएको भन्दै शहिदहरुको उचित सम्मान हुनुपर्ने बताएका हुन ।

‘नेपाली काँग्रेस भएकै कारण र समाजको हितमा काम गरेकै कारण मारिनु पर्ने अवस्था हिजो काँग्रेस जनहरुले भोगेकै हो,’ उनले भने ‘ आस्थाकै कारण हत्या गरिएकाहरुको पार्टीले उचित कदर र सम्मान नगरे अन्यया हुने छ ।’

वडा नं. ५ का वडा इकाइ सभापति नवीन बुढाथोकीको अध्यक्षता भएको कार्यक्रमका बिशिष्ट अतिथि द्धय मदन धिताल र बिमल रिजालले काँग्रेस स्वतन्त्रता र न्यायको पक्षमा संधै लड्दै आएको तथा भविश्यमा पनि त्यो लडाइ जारी रहने बताएका थिए ।


कार्यक्रमलाई तुलसीपुर – ५ का वडा सदस्य भिमबहादुर केसी लगाएत काँग्रेस प्रति आश्था राखेकै कारण जितबहादुर वलीको हत्या गरिएको हुँदा पार्टीले उचित सम्मान दिनुपर्ने बताएका थिए । त्यसक्रममा वलीकी श्रीमतीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण वडा इकाइ उपसभापति शिशिरकुमार लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *