२०८१ चैत्र १२ गते मङ्गलवार

महिला चरेशसहित पक्राउ

दाङ, माघ १५ । कपिलबस्तुमा एक भारतिय महिला सवा एक केजी प्रतिबन्धित लागु औषध चरेशसहित पक्राउ परेकी छन् ।

भारत उत्तर प्रदेश महादेव हिन्दुनगर पोष्ट देबरिया मुवारकपुर धरम नगर बलरामपुरकी ३० बर्षीया सरस्वती बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

पैदल हिहेर सीमानाका पार गर्न खोजी रहेकी बिकलाई शंका लागेर सोमबार दिउँसो दुई बजेतिर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनले बोकेको सेतो बोरोको झोला भित्र प्लाष्टिकले पोको पारी कार्टुनमा टेपेर बेरेर राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।


जिल्लाको कृष्णनगर नगरपालिका – ३ मा खटिएको प्रहरी टोलीले सीमानाकामा पैदल हिडिरहेकी बिकलाई पक्राउ गरेको हो ।

जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले अदातलबाट म्याद थप भइ बिकबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *