२०८२ कार्तिक २९ गते शनिवार

अबको तिन वर्षभित्र भुमि सम्बन्धी समस्या समाधान हुन्छ : अध्यक्ष रिजाल


तुलसीपुर,माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले भुमी समस्या समाधान आयोगका पदाधिकारीसंग भेट्घाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले अबको तिन वर्षभित्र भुमि सम्बन्धी समस्या समाधान हुने बताएका छन ।

उनले कानुनले निर्दिष्ट गरे अनुसार नै वास्तविक भुमिहिन पहिचान गरेर मात्रै लालपुर्जा बाँडिने भन्दै अध्यक्ष रिजालले लालपुर्जा पाइन्न कि भनेर जनता अब निराश हुनुनपर्ने बताए ।

आयोगसंगै पिडित जनतालाई न्याय दिने उदेश्यले सबै लाग्ने हो भने भुमि समस्या समाधान गर्न कठिन नरहेको बताए ।

यस्तै आयोगका विज्ञ सदस्य जगत बहादुर बस्नेतले दाङका १० स्थानीय तह मध्ये तुलसीपुर उपमहानगरपालिकामा धेरै भुमि सम्बन्धी समस्याका निवेदन रहेको बताए ।

तुलसीपुरमा १७ हजार भन्दा बढी भुमिहिन दलित, भुमिहिन सुकुम्वासी रहेको र अव फेरी एकपटक छुट भएकाहरुको निवेदन संकलन गर्नका लागि लगत संकलन फाराम खुलाउने पनि बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जनशक्ति थप गरेर भएपनि तुलसीपुरका १३ हजार भुमिहिन सुकुम्वासीको समस्या सामाधान गरिने बताए ।

उक्त कार्यक्रममा आयोगका सदस्यहरु,आयोगका जिल्ला अध्यक्ष हुकम वस्नेत, जनप्रतिनिधि, कर्मचारी,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *