२०८२ असार ३० गते मङ्गलवार

द्वन्दको घाउँ सधैका लागि मेटाउने गरी परिपुरणका योजना कार्यान्वयनमा आउछन – मुख्यमन्त्री आचार्य

देउखुरी, माघ १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैका लागि मेटाउने गरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द पीडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘द्वन्दको घाउँ सधैंका लागि मेटाउने गरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमानै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पु¥याएको छ,’ मुख्यमन्त्री आचार्यले भने ‘ ,‘प्रदेश स्थापना भएदेखिनै द्वन्द पीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादन संग जोड्न सीपमुलक तालिम सञ्चालन गरिएका छन । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’

द्वन्द पीडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको उनले बताए ।

‘यही सरकारलेनै टिआएरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतीको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छँदैछ,’ मुख्यमन्त्री आचार्यले भने ,‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षती व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’


संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपुरणका योजना संग जोडिएका बिषयहरु समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए ।

विभिन्न उपयुक्त स्थानमा सहिद स्मारकर शान्ति पार्क निर्माण , आर्थिक सहायता लगायका बिषयहरु समेटिएका छन ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *