२०८१ फाल्गुन ७ गते बुधवार

राप्ती बबई क्याम्पसमा २७ जनाले गरे रक्तदान

तुलसीपुर, माघ १३ । राप्ती बबई क्याम्पसलले आइतबार बिहान कलेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।


अस्पतालहरुमा बिरामीका लागि रगतको अभाब भएको सूचना पछि त्यो अभाव परिपुर्ती गर्ने उदेश्यले क्याम्पस प्रशासनले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका शिक्षक यमनाथ पौडेल र विद्यार्थी तुलसीराम भण्डारी, जुनु जिसी, सुरक्षा चौधरीसहित २६ जना विद्यार्थीले रक्तदान गरेको कलेजमा माष्टर्ष अध्यनरत एक विद्यार्थी लेखमणि खत्री (लक्ष्मण)ले फरककोणलाई बताए ।

रक्तदानका लागि भूमिका निर्वाह गरेका खत्रीले भविश्यमा पनि कलेजका तर्फबाट यस्ता सेवाकुलक र रचनात्मक कार्य जारी राख्ने जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *