२०८१ फाल्गुन ७ गते बुधवार

घाँस काट्दै गर्दा भिरबाट दुई मिटर तल लडेर महिलाको मृत्यु

दाङ, माघ १३ । सल्यानमा घाँस काट्दै गर्दा भिरबाट दुई मिटर तल लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।


जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ की ३६ वर्षीया जानकी चलाउनेको शनिबार बेलुका पाँच बजेतिर भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घर नजिकैको जंगलमा गाइ बाख्रा चराउन गएकी चलाउने घाँस काटने क्रममा काला भिरबाट झन्डै दुई सय मिटर मुनी लड्न पुगेकी थिइन ।

टाउकोको गहिरो चोट लागेको अवस्थामा उनको घटनास्थलमै मृत्यु भएको अवस्थामा शब फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

जिल्ला अस्पताल सल्यान खलंगामा आइतबार चलाउनेको शव पोष्टमार्टमको तयारी भइ रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *