२०८२ साउन १ गते बिहिवार

तुलसीपुरको एनएमबी बैंकमा चोरी प्रयास – दूधरासका सञ्तोष चौधरी पक्राउ

तुलसीपुर, माघ १३ । तुलसीपुर उपमहानगरपालिका – ५ बिपी चोकस्थित एनएमबी बैंकको शाखा कार्यालयमा चोरीको प्रयास गर्दै गर्दा २७ बर्षीय सञ्तोष चौधरी मध्य राति पक्राउ परेका छन् ।
तुलसीपुर – १८ दुधरासका चौधरीलाई आइतबार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक विनोद खत्री नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।


एनएमबी बैंकमा ताला फोडी कोलियाबाट भित्र प्रबेश गरि चोरीको प्रयास गरि रहेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चौधरीको साथबाट हथौडा, छिनो, पिलास, ह्वाक्सा बिलेड लगाएतका सामाग्रीपनि बरामद भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।


साथै चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटीपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुरको मुख्य बजार क्षेत्र बिपी चोक नजिकैको बैंक शाखामा चोरीको प्रयास भइ रहेको कुरा थाहाँ पाएपछि स्थानीयले नजिकको इप्रकामा नगरी २४ किलोमिटर टाढाको जिल्ला प्रहरी कार्यालय घोराहीमा सूचना दिएका थिए ।


त्यो सूचनाका आधारमा जिप्रकाले इप्रकालाई चोरीको प्रयास भइ रहेको ठाउँमा जान भनेर मध्य राति नै खटाएको थियो ।

त्यसपछि बल्ल इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *