दाङ, माघ १२ । नेपाल प्रेस युनियन दाङले बार्षिक साधारणसभा गर्ने भएको छ ।
प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खडकाको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले यहि माघ १८ गते घोराहीस्थीत नेपाल पत्रकार महासंघ दाङ शाखाको हलमा बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैठकले बार्षिक साधारणसभा विहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रेस युनियन दाङ शाखामा स्थापना भएका पुरस्कारको अक्षकोषलाई एकिकृत गर्ने निर्णय गरेको छ ।
त्यसका लागि युनियन दाङका अध्यक्ष नारायण खड्काको संयोजकत्वमा सचिव अमरक्षितिज भण्डारी र कोषाध्यक्ष लीलाधर वली सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।
प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार