२०८१ फाल्गुन ७ गते बुधवार

जिप दुर्घटना १४ बर्षे किशोरको मृत्यु

दाङ, माघ १० । रोल्पामा डबल क्याप जिप दुर्घटना हुँदा एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ ।


गंगादेव गाउँपालिका – १ बिवाङका १४ बर्षीय उमेश घर्तीको घटनास्लमै मृत्यु भएको हो ।

बिहीबार बेलुकी पौने ५ बजेतिर स्थानीय मेलटारीबाट पोखरा तर्फ जाँदै गरेको ग १ ज ५७४२ नम्बरको डबल क्याप जिप गंगादेव – १ चैतेकाफल भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र उनीहरुको नाम थर केही नखुलेको प्रहरीले जनाएको छ ।
चालकको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घाइते मध्य जिल्लाको त्रिवेणी गाँउपालिका – ७ बजवाङका २२ बर्षीय बगबिर खत्रीको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट छ ।

बेलुकी पौने ८ बजे स्मृति हस्पिटल घर्तीगाउँबाट खत्रीलाई जिल्ला अस्पताल रेउघा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य सात घाइतेको स्मृति हस्पिटल घर्तीगाउँमा उपचार भइ रहेको छ । चालक गंगादेव – १ ओतका २३ का पूर्णबहादुर वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *