२०८२ कार्तिक २९ गते शनिवार

चखौरा भ्रमणमा आयो, शिक्षा समितिका पदाधिकारी

अबको शिक्षा जिवन उपयोगी र सीपमुलक बनाउन सुझाब

तुलसीपुर, माघ १० । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति सांसद अम्मरबहादुर थापासहितको टोली शिक्षा बिद्येक कस्तो बनाउने ? भन्ने बारे सुझाव संकलन गर्न बनेको समितिका पदाधिकारीहरु बिहीबार दाङको चखौरा भ्रमणमा आएका छन् ।

लुम्बिनकिो बुटवल लगाएतको क्षेत्रमा बुधबार सुझाव संकलन गरेको उक्त टोली बिहीबार दाङको दंगीशरण गाउँपालिका – ३ चखौरास्थित थारु संग्राहलयको अबलोकनमा आएको हो ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले उनीहरुलाई चखौरामा स्वागत गर्दै अब बन्ने नयाँ शिक्षा बिद्येकका बारेमा परामर्शहरु दिएका थिए ।

समितिका सभापति थापा नेतृत्वको संघीय सांसद टोली अबको विद्यालय शिक्षा कस्तो बनाउने ? भन्ने बारे ६ वटा प्रदेशमा परामर्श संकलनको कार्य पुरा भएको र अब बागमती प्रदेशमा मात्रै सुझाव संकलन गर्न बाँकी रहेको थापाले जानकारी दिए ।
यो समितिले माघ १४ गते बागमाति प्रदेशमा सुझाव संकलनको लागि समय निर्धारण गरेको छ ।

बिभिन्न ६ प्रदेशहरुमा पुगेर सरोकारवालाहरु संग अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने परामर्श लिदा धेरैले समय अनुकुल आत्मनिर्भर र सीप मुलुक शिक्षा आवश्यक परेको सुझावहरु दिएको सभापति थापाले जानकारी दिए ।

‘ एकेडेमिक सर्टिफिकेट मात्रै होइन अब मुलुकलाई जीवन उपयोगी शिक्षा आवश्यक छ भन्ने सुझावहरु आएका छन्,’ थापाले भने ‘ अहिलेको शिक्षा भनेको जागिर मुलुक शिक्षा मात्रै भयो भन्ने गुनासो आएको छ । अब सीप मुलुक र आत्मनिर्भर शिक्षा चाहियो भन्ने खाले धेरै सुभवाहरु आएका छन्।’

निजी विद्यालय पढेकाहरु युरोपियन देशहरुमा जान सक्ने तर सामुदायिक विद्यालय पढ्नेहरु किन खाडीतिर बढी गए भन्ने ढंगका सवालहरु पनि सुझावमा आएका उनले बताए ।

सबै सरोकार वालाहरु संग स्थलगत अवलोकन गरि सुझावहरु संकलन गरेको हुँदा ती सुझावहरु समावेश गरि राष्ट्रहितका लागि चाहिने शिक्षा विद्येक निर्माण गरिने सभापति थापाले विश्वास दिलाए । ‘ हामीले प्रस्तुत गरेको विद्येकमा विभिन्न संसोधनहरु परेको हुँदा कक्षा ४ वा कक्षा ८ कहाँदेखि त्यस्तो सीप मुलुक शिक्षा लागु गर्ने भन्ने बारे सुझावका आधारमा निक्र्यौल गरिने छ,’ सभापति थापाले भने ।

आँफुहरु विभिन्न विद्यालयहरुमा पुगेर सर्वसाधारण नागरिकलाई समेत प्रत्यक्ष सोधेर अब कस्तो शिक्षा चाहिएको हो ? भनेर सोधेको र त्यसैका आधारमा नयाँ शिक्षा विद्येक बन्ने उनले विश्वास दिलाए ।

धेरैले अबको शिक्षा ब्यक्ति निर्माणका लागि मात्रै भन्दा राष्ट्र निर्माणका लागि हुनुपर्छ भन्ने सुझावहरु आएको उनले जानकारी दिए ।
सुझाव अनुसार राष्ट्रहितकै पक्षमा बिद्येक निर्माण गरिने उनले बताए ।

समितिकी एक सदस्य सांसद तोसिमा कार्कीले पहिले बन्द कोठा भित्र बसेर शिक्षा बिद्येक बनाउने गरिएको भएपनि ५२ बर्ष पछि पहिलो पटक सातै प्रदेशमा पुगेर सुझाव संकलन गरि शिक्षा विद्येक बनाउने कार्यका साथ काम भइ रहेको बताइन ।


‘ हामीले यो बीचमा थुप्रै बिद्यालयहरु अनुगमन गरेका छौं, धेरै सरोकारवालाहरु संग अबको शिक्षा कस्तो हुनुपर्छ भनेर छलफलहरु गरेका छौं,’ कार्कीले भनिन् ‘ अहिले एसइइमा राम्रो अंक ल्याएको छ तर जीवन उपयोगी शिक्षा वा ज्ञान सीप ऊ संग छैन भने त्यो के कामको भयो ।’

काठमाडौंमा जन्मे हुर्केका र त्यो भन्दा बाहिर नगएका विद्यार्थीलाई दूध कहाँ वाट आउँछ भनेर सोध्यो भने – जबाफ डेरीबाट भन्ने, धान कहाँवाट आउँछ भनि सोध्दा – पसल बाट भन्ने जबाफ पाउने गरेको हुँदा शिक्षा ब्यबहारिक हुनुपर्ने उनले बताइन ।


‘ समय सापेक्ष रुपमा शिक्षमा क्रान्ति आवश्यक छ,’ कार्कीले भनिन् ‘ स्कील वेष्ड शिक्षा, आत्मनिर्भर शिक्षा आजको आवश्यकता हो ।’
अधिकाँस सुझाबहरु त्यस्तै आएको हुँदा सोही अनुरुप विद्येक तयार हुने उनले बताइन ।


टोलीमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री रेखा शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी लगाएतको १५ जना संघीय सांसदहरुको टोली बिहीबार बिहान चखौराको थारु संग्राहलय अवलोकनका लागि पुगेको थियो ।

सांसदहरुले चखौराका थारु संग्राहलय नेपालका थारु समुदायको एक जीवन्त इतिहास भएको हुँदा त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि आवाज उठाउने बताएका थिए ।

दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित थापा २०८० चैत ७ गते प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

चखौरास्थित थारु संग्राहलयका केही झलकहरु

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *