दंगीशरण माघ १० । कोरोना कालमा साविक प्राथमिक स्वास्थ्य केन्द्र बागरलाई पु¥याएको योगदानको कदर गर्दै अभिनेता पल शाहलाई सम्मान गरिएको छ ।
दंगीशरण गाउँपालिका – ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि, पर्यटन तथा ब्यापारीक महोत्सवमा बुधवार नेपाली फिल्म उद्योगका अभिनेता शाहलाई कदर पत्रसहित वडा कार्यालयले सम्मान गरेको हो ।
बुधबारको कार्यक्रममा नेपाली काँग्रेसका नेता केशव आचार्यको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिष्ट आथित्यमा भएको हो ।
गाउँपालिकाका समाजिक विकास समिति संयोजक तथा वडा नं. ६ न वडाध्यक्ष रोशनजंग शाहले कोरोना कालमा अभिनेता शाहले पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्रले सम्मान गरिएको बताए ।
बुधबार कलाकार गोबिन्द मधुर आचार्य, नबीन वली लगायतले आफ्नो प्रस्तुति राखेका थिए । अभिनेता शाह आउँदा हजारौको संख्यामा दर्शकहरु आएका थिए । बिहीबार पनि मेला जारी छ ।

