२०८३ कार्तिक २३ गते आइतवार

बलात्कार मुद्दामा ७ बर्ष कैद तोकिएका ब्यक्ति पक्राउ

दाङ, माघ ९ । बलात्कार मुद्दामा सात बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादीलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ ।


जिल्लाको सुद्धोदन गाउँपालिका – २ का सोलिन्द्रर अहिर पक्राउ परेका हुन ।
सुराकका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनी लुकिछिपी बसेको अवस्थामा माघ ७ गते पक्राउ गरेको थियो ।

प्रहरीले मंगलबार अहिरलाई अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले अहिरलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको छ ।


कपिलबस्तुका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार उच्च अदालत बुटवल रुपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८ ÷०९ ÷ ०२ गते सात बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
त्यसयता उनी फरार रहँदै आएका थिए ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *