बुटवल, माघ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् । मंगलबार नै आएका पूर्वगृहमन्त्री रवि बुधबार कार्यालय समयमा अदालमा उपस्थित भएका हुन ।
पोखरा, काठमाडौं, चितवन जस्तै बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा उनी बिरुद्ध मुद्दा दर्ता भएका कारण रबि जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका हुन ।
जिल्ला अदालतमा बुधबारदेखि रबिकारे थुनछेक बहस सुरु हुँदै छ । उनको त्यो थुनछेक बहस केही बेरमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ।
रास्वपा सभापति रबिका साथै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पुर्व डिआईजी छविलाल बन्जाडे जोशी सहित १४ जना र यस अघि गत बैशाख ३ गते २८ जनामध्ये ८ जना गरि २२ जनाका बिरुद्ध आइतवार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्धा दर्ता भएको थियो।
रबि त्यसैको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका हुन ।
सरकारी वकिलका साथै रबिको पक्षका वकिलले पनि थुनछेक बहस गर्ने छन् ।

