२०८१ फाल्गुन ७ गते बुधवार

मुख्यमन्त्री आचार्यले उद्घाटन गरे गंगदी नमुना माविको भवन


राजपुर, माघ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।

भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो ।

विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पु¥याएको योगदानको प्रशंसा गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरे ।

‘भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ ,’ उनले भने ‘अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ ।’

राजपुर गाउँपालिकाको गत वर्षको एसइई नतिजा निराशाजनक रहेको भन्दै मुख्यमन्त्री आचार्यले यस वर्षको नतिजा सुधारका लागि पठन पाठनलाई चुस्त बनाउन आग्रह गरेका थिए ।

‘सिङ्गो पालिकाबाट एसइईमा केवल एक जना मात्र पास हुनु दुःखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ,’ उनले भनेका थिए ‘ शिक्षाको गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।’

संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तिमा सेवा सुविधा पु¥याउन प्रदेश सरकारले विशेष ध्यान दिएको उनले दाबी गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *