२०८१ फाल्गुन ७ गते बुधवार

मानबहादुरको अर्कौ राम्रो निर्णय – वडाका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने सबैलाई १ हजार छात्रबृत्ति दिने

तुलसीपुर, माघ ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतले अर्कौ राम्रो निर्णय गरेका छन् ।

नयाँ शैक्षिक सत्र २०८२ देखि लागु हुने गरि वडाका सबै सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीलाई छात्रबृत्ति बाफत एक हजारका दरले छात्रबृत्ति दिने निर्णय गरेका छन् ।


वडा समितिको सोमबार बसेको बैठकले कक्षा १ देखि १२ कक्षासम्म भर्ना हुने दलित विद्यार्थीलाई निशुल्क रुपमा एक जोडा विद्यालय पोशाक उपलब्ध गराउने निर्णय पनि गरेको वडाध्यक्ष रावतले बताए ।

यसअघि वडाध्यक्ष रावतले राज्यले ताके बमोजिम आठ पटक स्वास्थ्य संस्थामा गइ गर्भ चेक जाँच गराइ सुत्केरी हुने वडाका महिलालाई एउटा भाले उपहार दिने निर्णय कार्यान्वयनमा ल्याएका थिए ।


तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजकसमेत रहेका रावतले वडा भित्र कुनैपनि मानिसको मृत्यु पछि क्रियापुत्रीलाई खानका लागि स्थानीय किसानका घरबाट किनेर एक किलो घिउ घरमै लगेर वितरण गर्ने कार्यपनि गर्दै आएका छन् ।


त्यस्तै यो वडाले सर्प दंशका बिरामीलाई अस्पताल पु¥याउन लाग्ने सबै एम्बुलेन्स खर्चपनि आँफैले बेहोर्दै आएको छ ।


सर्पदंशका विरामीलाई उपचारका लागि बाँके वा काठमाडौं जहाँ पु¥याउनु परेपनि लाग्ने सबै खर्च वडाले बेहोर्दै आएको वडाध्यक्ष रावतले जानकारी दिए ।


पछिल्लो समय वडा भित्रका सामुदायिक विद्यालयमा भर्ना हुने हरेक विद्यार्थीलाई एक हजार छात्रबृत्ति बाफत रकम उपलब्ध गराउने र १ देखि कक्षा १२ सम्म अध्यनरत दलित बालबालिकालाई एक जोडा विद्यालय पोशाक उपलब्ध गराउने निर्णय धेरैले राम्रो भनेको प्रतिक्रिया वडाध्यक्ष रावतले बताए ।

‘ हामीले गरेको जनमैत्री अर्कौ निर्णय पछि धेरैले धन्यबाद दिनु भएको छ,’ उनले भने ।

तुलसीपुर – ११ मा कक्षा १२ सम्म पढाइ हुने अम्मर मावि उरहरी, शान्ति मावि नवलपुर, आधारभूत विद्यालय कटाँहा, प्राबि प्रिगाँउ र शुक्रेश्वरी प्रावि सुकौरा गरि पाँच वटा सामुदायिक विद्यालयहरु छन् ।


सबैले पढ्न पाउन र कसैले पनि बीचमा पढाइ नछोडुन भन्ने सोचका साथ आगामी शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई जनही एक हजारका दरले छात्रबृत्ति प्रदान गर्ने निर्णय गरिएको बताए ।

पछिल्लो समय निजी विद्यालयमा विद्यार्थी आकर्षित हुँदै जाँदा सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुन थालेपछि वडाले विद्यार्थी आकर्षित गर्न नयाँ रणनीति लिएको जानकारहरु बताउँछन् ।

रावत दश बर्षसम्म अमर मावि उरहरीको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षपनि थिए । उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *