२०८२ असार २७ गते शनिवार

दाङमा बन्दै गरेको घरबाट लडेर कामदारको मृत्यु


तुलसीपुर,माघ ८ । तुलसीपुरमा एक कामदारको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका –४ बनहरीमा निर्माणाधिन घरबाट लडेर घाइते तुलसीपुर – ७ नवलपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो ।

बनौरी निवासी सुभान पुनको २ तले पक्की घर निर्माणमा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नं ७ नवलपुरका २७ वर्षीय सन्तोष चौधरी मृत्यु भएको हो ।

चौधरी सोमबार बेलुकी ४:४५ बजे घरको दोस्रो तल्लाबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो।

अस्पतालमा उपचाररत चौधरीलाई बेलुकी करिब ६ बजे चिकित्सकले मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *