२०८२ कार्तिक २९ गते शनिवार

विद्यार्थीलाई ६५० थान न्यानो कपडा

तुलसीपुर, माघ ६ । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका – १९ वडा कार्यालयले वडा भित्रका चार वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

तुलसिपुर – १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलका अनुसार नवजागरण मावि कुटेचौर, मावि भित्री सक्राम, गणेश प्रावि सक्राम र गणेश प्रावि तिनुखोलामा अध्ययन गर्ने विद्यार्थीलाई ६५० थान न्यानो कपडा वितरण गरिएको हो ।
मावि भित्री सक्राममा आइतबार न्यानो कपडा वितरण कार्यक्रम भएको हो छ ।

पौडेलका अनुसार सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई जाडोयामकै कारण विद्यालय नआउने अवस्था अन्त्य गर्न सहयोगी बनोस भन्ने उदेश्यका साथ दुई वर्षदेखि जाडोयाममा न्यानो कपडा वितरण गर्दै आइएको बताए ।

मावि भित्री सक्राममा न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय सरकारले कपडा वितरण गरि विद्यार्थीमा शिक्षामा अपनत्वको भूमिका निर्वाह गरेको तर्क गरे ।

सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका विश्वकर्माले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले देशको नेतृत्वदायी भूमिकामा पुग्ने गरि मेहनत गर्न आग्रह गरे ।

कार्यक्रममा तुलसिपुरका पूर्व प्रमुख प्रशासकीय अधिकृत भाष्कराज गौतम, प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेल लगायतकाले मनतब्य ब्यक्त गरेका थिए । शिक्षक शषिराम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रअ विभिषण रोका मगरले गरेका हुन ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *