दाङ, माघ ६ । रुकुम पश्चिमका ३२ वर्षीय चिरन्जिवी लामिछानेको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका –१ लामिछाने गाउँका ३२ लामिछाने आइतबार बिहान दुइ बजेतिर घर नजिकै मोटरसाइकल दुर्घटनामा परेका थिए । लामिछानेले हाँकेको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो ।
मृतक लामिछाने संगसंगै छुट्टै मोटरसाइकलमा केही पछि यात्रारत अर्का युवकले लामिछाने दुर्घटनामा परेको सूचना मध्य राति प्रहरीलाई दिएका थिए ।
तत्कालै प्रहरी घटनास्थल गइ लामिछानेको उद्धार गरि जिल्ला अस्पताल खलंगा पु¥याएको थियो । चिकित्सकले चेकजाँचका क्रममा आइतबार बिहान साढे दुई बजेतिर लामिछानेलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टका मृतक लामिछाने आफन्तको विहे खान गएका थिए । बिहे पार्टी पछि चौरजहारी बजारबाट पाँच मिनेट टाढाको घरतर्फ जाने क्रममा बिहान २ बजेतिर उनी दुर्घटनामा परेका थिए ।
