तुलसीपुर, माघ ५ । दंगीशरण २ कौवाघारीका प्रेम कुसारीको गोली हानेर हत्या भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिना कुसारीको गोली हानेर हत्या भएको बताए । यसअघि प्रहरीलाई स्थानीयले उनी रुख बाट लडेर घाइते भएको सूचना दिएको भएपनि अनुसन्धानबाट उनी माथि गोली प्रहार भएको तथ्य खुलेको एसपी तिमिल्सिनाले बताए ।
कुसारी माथि उनका साथीहरुले नै गोली हानेको प्रहरीको आशंका छ । तर, ती साथीहरु को थिए ? भन्ने बारे अझैं प्रहरीले केही खुलाएको छैन । एसपीले तिमिल्सिनाले भने ‘ म बिहानैदेखि घटनास्थलमै छु । बिभिन्न ब्यक्तिहरु संग सोधपुछ चलिहरेको छ । थप विवरण पछि सार्वजनिक गर्ने छौं ।’
यो घटना माघ ३ गते बेलुकीको थियो । उनको घुँडा र साप्रो लगाएमा गोलीका खतहरु थिए । घाइतेलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
तुलसीपुरमा उपचार संभव नभएपछि घाइते कुसारीलाई बाँके रिफर गरिएको थियो । उनको उपचारका क्रममा शुक्रबार राति बाँकेमा मृत्यु भएपछि माघ ४ गते राति शव घर ल्याइएको थियो ।

