दाङ, माघ ५ । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका – २ दर्भानमा माघ ३ गते बिहान १० बजेतिर सडक खण्डको फोहर राख्ने भाँडो (डष्टविन भित्र) मृत अवस्थाको नबजात शिशु फालेको आरोपमा
एउटै विद्यालयमा पढ्ने प्रेमीका पक्राउ परेका छन् ।
पक्राउ परेका दुबै अर्घाखाँचीको सितगंगाका हुन । परिवर्तित नाम दर्भान कक्षा ९ मा अध्यनरत १७ बर्षीया छात्रा हुन भने उनका प्रेमी सोही विद्यालयमा कक्षा १२ मा पढ्ने ‘जलुके’ पढ्दै आएका थिए । केटी भन्दा केटा उमेरले केही जेठा छन् ।, उनीहरु आपसमा नातेदारपनि रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
‘दर्भान’ र ‘जलुके’ अध्यनका लागि प्यूठानमै बस्दै आएका थिए । दर्भानका बुवाको मृत्यु भइ सकेको छ भने आमा दुबइमा छिन । त्यस्तै केटा जलुकेका बुवापनि रोजगारीको खोजीमा लागि इण्डियामा छन् । जलुेकेको भने प्यूठानमा पनि आफ्नै घर छ ।
‘दर्भान’ मा सानी आमाको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन । सानी आमा दुई घर रहेको हूँदा दर्भान कोठामा एक्लै बस्थिन । कलिलै उमेरमा ‘दर्भान’ र ‘जलुके’ का बीचमा प्रेम सम्बन्ध थियो । त्यो प्रेम सम्बन्धका कारण दर्भान गर्भबती भएकी थिइन । तर, उनले सुरुमा त्यो कुरा थाहाँ पाइनन् । ६ किन मोटाउँदै गएकी हुँ, भन्ने कुरा उनले प्रेमी जलुकेलाई पनि भन्दै आएकी थिइन ।
असोज महिनामा पुग्दा उनी गर्भबती भएको ६ महिना पुगिसकेपछि बल्ल उनी गर्भबती भएको महसुश गरिन । त्यतिबेला ढिला भइ सकेको थियो । त्यो कुरा ‘दर्भान’ र ‘जलुके’लाई भने पनि जलुकेले दर्भानको कुरा विश्वास गरेनन् । पत्याएनन् । लोकलाज बाट जोगिन दर्भानले पनि आँफुले बाक्ला कपडा लगाइन । उनी गर्भबती भएको कुरा सहपाठीदेखि छर छिमेक कसैले पत्ता पाएनन् ।
अनन्त पुस २७ गते राति १० बजेतिर दर्भानले कोठामा छोरालाई जन्म दिइन । बच्चा जन्मिएको केही बेरमै रुन थाल्यो । हरेक आमाहरुका लागि बच्चाको पहिलो रुवाई महत्वपूर्ण हुन्छ । आँफुले जन्माएको बच्चा रोयमा बल्ल पीडा भूलेर आमा हाँस्छिन । तर, दर्भान भने बच्चा रोएपछि आत्तिइन ।
कोठा भाडामा बस्ने अरुले बच्चा रोयको सुन्छन् कि भन्ने उनलाई त्रास थियो । त्यसैले बच्चाको मुख हत्केलाले छोपिन । बच्चा केही बेर रुन खोजेपनि आमाले हप्केलाले मुख छोपेपछि धेरै बेर निसास्यिर बस्यो । त्यसपछि दुर्भानले त्यो आँफुले जन्माएको छोरालाई वास्ता नगरी चिसो सिमेन्टको भूइमा त्यसै सुताइ दिइन ।
घटना अनुसन्धान गरि रहेका प्यूठानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार केही बेरमा बच्चा शान्त बन्यो । हेरचाह नपाएपछि बच्चाको प्राण पखेरु उड्यो । त्यो रात बच्चाको शब कोठामै रह्यो । बिहान उठेर दुर्भानले अघिल्ला दिनहरु जस्तै दैनिक कार्यहरु गरिन । कसैले आशंका गर्न नपाउन भन्ने उनको चाहाना थियो । त्यसै भयो ।
उनले बच्चालाई जन्म दिएको र बच्चा मरेको कुरा कसैले थाहाँ पाएनन् । जब २९ गते राति भयो, दर्भानले कसैले नदेख्ने गरि सुटुक्क मरेको बच्चा पोको पारेर सडक नजिकको डष्टविनमा लगेर फालिदिइन ।
फेरि कोठामा आइ सुतिन । माघ १ गते बिहानै माघी मनाउन भनेर उनी आफ्नो जन्मथलो अर्घाखाँचीको सितगंगा लागिन ।
माघ ३ गते बिहान फोहर फाल्न गएकी एक महिलाले बिहान १० बजे डष्टविन भित्र एक जना नवजात शिशुकशब देखेपछि हल्ला खल्ला भयो । त्यो बिहीकारको दिन थियो । दिउँसो ३ बजेतिर मात्रै प्रहरीलाई खबर भयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशब केसीको कमाण्डमा प्रहरी घटनास्थल पुग्यो । प्रहरीले घटनाको सन्बेदनशिलता ख्याल गरि तालिम प्राप्त कुकुर मगायो । भैरहवाबाट तालिम प्राप्त कुकुर त्यहाँ पुग्दा बेलुका ५ बजिसकेको थियो ।
त्यसपूर्व नै प्रहरीले आसपासमा बस्ने गर्भबति महिलाको विवरण संकलन गरि सकेको थियो । नियमित स्वास्थ्य चेकजाँच गराउन अस्पताल आउनेहरुको विवरण संकलन पछि एक्लै घरमा वा कोठा भाडामा बस्ने गर्भबति महिला माथि प्रहरी बिषेश अनुसन्धान गर्न चाहान्थ्यो । तर, केही गर्दापनि कतैबाट सुराक मिलेन ।
बास्तवमा समाजलाई दर्भान गर्भबती भएको कुरा पत्तै थिएन । फेरि प्रहरीले एक्लै बस्ने महिला वा युवतीसहित किशोरीमाथि पनि दोह¥याएर अनुसन्धान गर्ने जुक्ति निकाल्यो । पहिलो पटक दर्भान संग प्रहरीले कुरा नगरेको होइन । तर, प्रहरीले कुनै सुराक फेला पार्न सकेको थिएन । यस पटक भने प्रहरीले महिला स्वास्थ्यकर्मीसहित चेकजाँच सुरु गर्दा दर्भानको झुट पक्राउ परेको थियो ।
घटनास्थल भन्दा १५ मिटर नजिकै बस्ने कक्षा ९ मा अध्यनरत १७ बर्षीया ‘दर्भान’ ले बच्चालाई जन्मदिएको र रुँदा समाजले सुन्ला भन्ने डरले मुख बजेको स्वीकार गरिन । त्यसपछि उनले दुई दिन पछि मरेको बच्चालाई सडक किनारको डष्टविनमा लगेर फालेको स्वीकार गरिन । अनि ‘दर्भान’ र ‘जलुके’ दुबै प्रहरी हिरासतमा लियो । दर्भानको रक्तश्राब जारी रहेको तथा सालनालपनि राम्रो संग नझरेको हुँदा उनको भने उपचार जारी छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।