२०८२ कार्तिक २९ गते शनिवार

साइकलमा सवार ब्यक्तिबाट १५ लाख ७० हजार बरामद

दाङ, माघ ५ । साइकलमा सवार एक ब्यक्तिलाई चेकजाँचका क्रममा कपिलवस्तु प्रहरीले स्रोत नखुलेको १५ लाख ७० नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका – ७ बसन्तपुरका ३० वर्षीय निरजकुमार मिश्र छन् ।

बिहीबार इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले चेकजाँचका क्रममा मिश्रले साथमा बोकेको झोलाबाट उक्त रकम बरामद भएको कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।

एक हजारका आठ लाख ९० हजार र पाँच सयका ६ लाख ६० हजार, एक सयका १८ हजार, ५० का दुई हजार गरी १५ लाख ७० हजार रुपैयाँ बरामद भएको डिएएसपी अधिकारीले बताएका छन् ।

प्रहरीले उनी हुण्डी कारोबारी भएको आशंका गरेको छ । सोही शिर्षकमा मुद्दा चलाएर अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *