घोराही, माघ ४ । माघ १७ गतेदेखि घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ ।
मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखि २४ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा महायज्ञ हुने भएको हो ।
सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सञ्चालन को विषयमा छलफल गरिएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीसँग भेटघाट तथा छलफल गरिएको थियो । भेटका क्रममा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले मानव कल्याण समाजको परिचयसँगै महायज्ञको उद्धेश्यबारे जानकारी गराएका थिए ।
घोराही –. १० नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर)मा हाल ४ महिना बच्चादेखि ९० वर्षको ५२ जना व्यक्तिलाई आश्रय दिएको छ । मना ेरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त ब्यक्तिहरुलाई त्यहाँ आश्रय दिइएको छ ।
यसैबीच नारायणपुरमा मानव कल्याण समाज दाङ शाखाले सञ्चालन गरेको सेवा घरको दिगो व्यवस्थापनका लागि आयोजना गर्ने भनिएको महायज्ञका लागि साविक त्रिपुर नगरपालिका स्तरिय भेलो सोमवार हुने भएको छ ।
शुक्रवार नारायणपुरमा भएको भेलाले यही माघ ७ गते साविक त्रिपुर नगरपालिका, हालको घोराही उपमहानगरपालिका वडा न. ८, ९, १०, ११ र १२ लक्षित गरि भेला नारायणपुरमा गर्ने निर्णय गरेको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक दानबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलाले यस क्षेत्रको प्रतिनिधित्व गर्ने गरि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
उत्तमकुमार खनालको संयोजकत्वमा विद्यालय समन्वय उपसमिति, लक्ष्मी लम्सालको संयोजकत्वमा मातृशक्ती समन्वय उपसमिति, मोहन आचार्यको संयोजकत्वमा टोल विकास संस्था समन्वय उपसमिति, युवराज पोख्रेल संयोजक रहेको संघसंस्था समन्वय उपसमिति, जागेश्वर डाँगी संयोजक रहेको युवा परिचालन उपसमिति, अनिल बस्नेत संयोजक रहेको उद्योगी व्यवसायी समन्वय उपसमिति र सागर खनाल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

