२०८१ फाल्गुन ७ गते बुधवार

पेट्रोलियम पदार्थको मुल्य बढ्याे


दाङ,माघ ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मटीतेलमा प्रतिलिटर ३ रुपैँयाले बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६२रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ र तेस्रो वर्गका लागि १ सय ६५कायम भएको छ ।

डिजेल र मटीतेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५३ रुपैयाँ ५० पैसा, एक सय ५५ रुपैयाँ र एक सय ५६ रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *