२०८२ असार ३० गते मङ्गलवार

हुकुमबहादुर बस्नेत आयोग दाङको अध्यक्षमा नियुक्त

हप्ता दिन भित्रै आयोगलाई पूर्णता दिन कसरत जारी

तुलसीपुर, माघ १ । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत नेपाल सरकारको भूमी समस्या समाधान आयोग दाङको अध्यक्षमा नियुक्त गरिएका छन् ।

पुस २७ गतेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै पुस २९ गते दाङसहित मुलका बिभिन्न जिल्लामा आयोगका पदाधिकारी नियुक्त गरिएको निर्णय सार्वजनिक गरिएको थियो ।

सोही अनुरुप तुलसीपुर उपमहानगरपालिका – १२ का एमाले नेता बस्नेतलाई दाङको अध्यक्षको रुपमा नियुक्त गरिएको छ ।
बस्नेतका अनुसार अब दुई जना सदस्य नेपाली काँग्रेसबाट र अर्का एक जना सदस्य एमाले बाट नियुक्त हुनु पर्ने छ । आयोगमा राजनीतिक नियुक्त चार र बिभिन्न कार्यालयहरु जस्तै वन, नापी, मालपोत जस्ता कार्यालयबाट पाँच जना पदेन सदस्य रहने छन् ।

आयोगमा कुल नौं सदस्य रहने छन् । हप्ता दिन भित्रै राजनीतिक रुपमा नियुक्त हुने चार जनाको टुँगो लागि सक्ने आयोगका अध्यक्ष बस्नेतले बताए ।

जिल्लामा आयोगले पूर्णता पाएपछि सबैको राय सल्लाह र परामर्ष अनुरुप भूमी समस्या समाधानको काम धमाधम अगाडि बढ्ने उनले बताए । भूमी समस्या समाधानको काम गर्न यसअघि नै सरकारले सम्पूर्ण विवरणहरु संकलन गरि सकेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *