२०८२ कार्तिक २१ गते शुक्रवार

छैठौ कृषि तथा व्यापार महोत्सव २०८१ को मुल आयोजक समिति गठन

घोराही,माघ १ । दाङ जिल्ला उधोग वाणिज्य संघकाे आयोजनामा फागुन दुई देखि १८ गते सम्म हुने छैठौ कृषि तथा व्यापार महोत्सव २०८१ को मुल आयोजक समिति गठन गरिएको छ ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्ष तामा मंगलवार बसेको बैठकले उप समिति पनि गठन गरेको सचिव विकास वलीले जानकारि दिए ।

मुल आयोजक समिति संयाेजकमा संघका अध्यक्ष वसन्त जोशी रहेका छन ।

यसैगरी आर्थिक समिति संयाेजक निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी, अतिथि सत्कार समिति संयाेजक पुर्व अध्यक्ष नारायण प्रसाद भुसाल, संघ संस्था समन्वय समिति संयाेजक पुर्व अध्यक्ष हेमराज बन्जाडे, मुल्यान्कन तथा अनुगमन समिति संयाेजकमा पुर्व अध्यक्ष मधुसुदन वैध रहेका छन ।

यसैगरी सह संयाेजकमा नरेश कुमार श्रेष्ठ , धुर्वकुमार गहतराज, लिलाराम खड्का र महेन्द्र बुढाथोकि रहेका छन ।

यसैगरी प्रचार प्रसार उप समितिमा संयाेजकमा युवराज पोख्रेल, खानेपानी तथा सरसफाई उप समिति नोर्बु तामाङ लामा, स्टल व्यवस्थापन विकास वली, मन्च व्यवस्थापनमा रुद्र शर्मा जैसी, कृषि तथा धार्मिक विष्णु प्रसाद रिजाल, स्वयम सेवक परिचालन विक्रम राना, आर्थिक व्यवस्थापन जगत आचार्य, वाल उधान पुष्करराज न्यौपाने, भोजन तथा आवास दिपक पण्डित, महिला उधमी तथा प्राथमिक उपचार लिला नेपाली, आर्थिक तथा टिकट माधाव खनाल, सुरक्षा व्यवस्थापन रामप्रसाद पोख्रेल, शोभा यात्रा निमबहादुर बुढाथोकी, भौतिक निर्माण र साहित्य सुरज बुढाथोकि, पर्यटन प्रवन्धन जुद्द बहादुर घर्ति, पार्कीङ व्यवस्थापन युवराज पन्त र जनसम्पर्क समन्वयमा ऋषि पोख्रेल संयाेजक रहेका छन ।

महोत्सवका सल्लाहकार हरुमा भरत बुढाथोकि, रामदयाल गुप्ता, माधवप्रसाद शर्मा, धुर्वराज श्रेष्ठ भारी र चन्द्रराज पन्त रहेका छन ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *