तुलसीपुर, पुस २९ । तुलसीपुरका एक प्रतिष्ठित ब्यबसायी स्वर्गिय विष्णुप्रशाद केसीको स्मृतिमा ‘मुटकोट कम्पिटिसन’ अदालती अभ्यास कार्यक्रम आयोजना हुने भएको छ ।
कानुन विषय पढिरहेका लुम्बिनीका तीन वटा कलेजका विद्यार्थी त्यसमा प्रतिष्पर्धी रहने छन् । मेट्रो कलेज तुलसीपुरको आयोजना र स्वर्गिय बिष्णुका छोरा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको आर्थिक सहयोगमा माघ १४ र १५ गते प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना हुने निश्चित भइ सकेको छ ।
कानुनका विद्यार्थीको बीचमा मेट्रो कलेजमा हुने प्रतिष्पर्धात्मक अदालतिय अभ्यास कार्यक्रम आयोजना हुने निश्चित भएको र कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिलको सहयोगमा हुने तय भएको मेट्रो कलेजका शिक्षक तथा कार्यक्रम संयोजक बिजय पोख्रेलले फरककोणलाई बताए ।
प्रतिष्पर्धात्मक त्यो कार्यक्रम सञ्चालनका गर्नका लागि मेट्रो कलेजले प्रस्ताव गरेपछि स्वर्गिय विष्णुप्रशाद छोरा वाणिज्य संघका अध्यक्ष तथा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरका उपसभापति विनिलले गणेश पाउरोटी उद्योगको नाम बाट लगानी गर्न सहमत भएको कलेज प्रशासनले जानकारी दिएको छ ।
विनिलको एकल लगानीमा सञ्चालन हुँदै आएको गणेश पाउरोटी उद्योगले कार्यक्रमका लागि मेट्रो कलेजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सहमति भइ सकेको कलेजका प्रमुख वशन्त आचार्यले जानकारी दिए ।
त्यो ‘मुटकोट कम्पिटिसन’ अदालति प्रतिष्पर्धामा प्रथम हुने टिमले २० हजार नगद पुरस्कार र प्रमाणपत्र पाउने छ । त्यस्तै दृतिय हुने टिमले नगद आठ हजार र प्रमाणपत्र प्रदान गरिने छ । बेष्ट स्पिकर र बेष्ट रिर्सचरले जनही पाँच हजार पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
तत्कालिन समय तुलसीपुरका प्रतिष्ठित ब्यबसायी स्वर्गिय विष्णुप्रशाद केसी २०५५÷१२ ÷०६ गतेदेखि २०५८÷ ०१ ÷ ०९ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष थिए ।
तत्कालिन सयम ‘रेडियो तुलसीपुुर’ सञ्चालनका बिषयमा बिबाद उत्पन्न हुँदा रेडियो बन्द हुन पुगेपछि , रेडियो कुन पक्ष सञ्चालन गर्ने ? भन्ने कुराको समाधान खोज्न स्वर्गिय विष्णुप्रशाद नै अग्रसर बनेका थिए ।
रेडियो सञ्चालन सम्बन्धि समस्याको गाँठो फुकाउन बिष्णुप्रशादकै घरमा छलफल भएपछि निकास निस्किएको थियो । बिक्रम संबत २०१५÷०७ ÷ १५ गतेका दिन जन्मिएका विष्णुप्रशादको २०६९÷१२ ÷ १० गते ५४ बर्षको अल्प आयुमै स्वर्गारोहण भएको थियो ।
बिष्णु एक शालिन र सबैलाई समान ब्यबहार गर्ने ब्यक्ति थिए । उनका साथीहरु आजपनि बिष्णुप्रशाद एक सरल र शालिन ब्यक्तित्वको धनी ब्यक्ति रहेको चर्चा गर्ने गर्छन ।
बिष्णु नेपाली काँग्रेसका नेता थिए । तर, उनले राजनीतिक रुपमा लाभको पद भने कहिलै तोकेनन् ।
आफ्नो पालामा सामाजिक र राजनीतिक क्षेत्रमा विष्णुले पु¥याएको योगदानको चर्चा उनलाई चिन्नेहरु आजपनि चर्चा गयर रहन्छन् । उनै विष्णुको स्मृतिमा कलेजको आग्रहमा छोरा विनिलले कानुन अध्यनरत विद्यार्थीका बीचमा अदालतिय बहस गर्न आर्थिक सहयोग गरेका हुन ।

