दाङ, पुस २९ । बाँकेमा ट्याँङकरको ठक्करबाट मोटरसाइकलमा सवार धनगडीका दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका – ३ का अन्दाजी ४८ बर्षीय घमणबहादुर शाही र धनगडी – १४ का अन्दाजी ३६ बर्षीय रुपेश बस्नेत रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत तेल बोकेर दाङ तर्फ आउँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्याँङकरले बाँकेको राप्ती सोनारी गाउँपालिका – १ कुसुम नजिकै दाङबाट पश्चिम कोहलपुर तर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई मोडमा सोमबार बिहान १० ः ४० बजेतिर ठक्कर दिएको थियो ।
सूचना पाउना साथ पुगेको प्रहरीले मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइतेलाई उद्धार गरि उपचारका लागि कोहलपुर पठाएको थियो
। इलाका प्रहरी कार्यालय कोहलपुरका सञ्चार शाखामा कार्यरत प्रहरी असई पदम खड्काले कोहलपुर अस्पतालका चिकित्कसले सुरुमा शाहीको र त्यसको केही बेरमा उपचारका क्रममा बस्नेतको मृत्यु भएको घोषणा गरेका थिए ।
ट्याँङकर चालक दाङको दंगीशरण गाउँपालिका – २ का ५१ बर्षीय मानबहादुर वली प्रहरी नियन्त्रणमा छन् ।