२०८१ फाल्गुन ७ गते बुधवार

कीर्तिबहादुर खड्काका दाजुभाइ मिलेर निर्माण गरे स्व. बुवा यज्ञबहादुरको शालिक

दाङ, पुस २९ । नेपाली काँग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काका दाजु भाइ मिलेर स्वर्गिय काँग्रेस नेता तथा समाजसेवी आफ्ना बुवा यज्ञबहादुर खड्काको शालिक निर्माण गरेका छन् ।


काँग्रेस नेता कीर्तिबहादुर खड्का, डिल्लीरमण खड्का, शेरबहादुर खड्का र स्वर्गिय दुर्गाबहादुर खड्काको परिवारको लगानीमा स्वर्गिय यज्ञबहादुर खड्काको शालिक निर्माण पछि हालसालै अनावरण गरिएको हो ।


दाङको तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौर निवासी खड्का दाजु भाइले आफ्नो पुर्खेउली थलो हालको रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका – ८ पेउघामा स्वर्गिय यज्ञबहादुरको शालिक निर्माण गरेका हुन ।


शालिकको पुस २५ गते एक औपचारिक कार्यक्रमका बीचमा अनावरण कर्णाली प्रदेशका पूर्व आर्थिक तथा योजना मन्त्री देवराज सिंहले गरेका थिए ।


स्वर्गिय यज्ञबहादुर जनप्रिय माध्यामिक विद्यालय पेउघाका संस्थापक अध्यक्ष थिए । उनी तत्कालिन पेउघा गाउँ पञ्चायतका प्रधानपञ्च, पेउघा गाउँ विकास समिति अध्यक्षको जिम्मेवारी बिगतमा निर्वाह गरेका थिए । स्वर्गिय यज्ञबहादुर खड्का काँग्रेसका पूर्व महासमिति सदस्यपनि थिए ।


बिक्रम सम्बत १९७३ पुस २५ गते जन्मिएका खड्काको स्वर्गारोहण २०५६ साल पुस १४ गतेका दिन भएको थियो । तत्कालिन समयमा स्वर्गिय खड्काले सामाजिक र राजनीतिक रुपमा एउटा लोभलाग्दो छवि रुकुकमको पेउघामा निर्माण गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *