२०८१ फाल्गुन ७ गते बुधवार

आज दिनभर कस्तो छ मौसम-पुवानुमान ?


दाङ,पुस २९ । गण्डकी, कोसी र बागमती प्रदेशका केही पहाडी तथा उच्च पहाडी भूभागमा बदली हुनेबाहेक देशका अधिकांश भूभागमा सामान्यता मौसम सफा हुने अनुमान गरेका छन्।

मौसमविद् गोविन्द झाले सोमबार काठमाडौंमा घाम लाग्ने र चिसो घट्ने अनुमान गरेका हुन्। ‘सोमबार काठमाडौंमा घाम लाग्ने सम्भावना धेरै छ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

विभागका अनुसार सोमबार कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी सोमबार राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ।

मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुँदा धुलोका मसिना कण जमिनमै टाँसिएर बस्छन् भने गर्मी याममा हावाको बहाव बढी हुनाले त्यस्ता कण जमिनको सतहबाट आकाशमा उड्छन्।

त्यसैले चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने विज्ञहरूको भनाइ छ। चिसोयाममा शीतलहर चलेका बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्।

काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको खाल्डोमा चिसोयाममा धुलाका मसिना कण गुम्सिएर हावाभित्र जमिनको सतहमै रहन्छन्। जसबाट प्रदूषणको जोखिम वर्षाभन्दा हिउँदमा बढी हुन्छ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *