२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते

तुलसीपुर, पुस २८ । तुलसीपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते मध्य साइकलमा सवार तुलसीपुर उपमहानगरपालिका – १६ लहलौराका ४६ बर्षीय श्याम चौधरी गम्भीरको अवस्था गम्भीर छ ।


चौधरीको बाँया हात, बाँया खुट्टका साथै छाति, मखु, टाउकोमा गम्भीर चोट पटक लागेको छ ।
त्यस्तै मोटरसाइकल चालक तुलसीपुर – १२ टरिगाउँका ३० का दिनेश चौधरीको अवस्थापनि गम्भीर नै रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुबै जनालाई तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलक कलेजका लागि रिफर गरिएको छ ।


आइतबार बेलुकी करिब ७ बजेर ५० मिनेट तिर दक्षिण तिरबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको रा २प ५१५२ नम्बरको मोटरसाइकलले दक्षिण तर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

तुलसीपुर – ६ स्थित गणपति मिल नजिकै यो दुर्घटना भएको थियो ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *