२०८१ फाल्गुन ७ गते बुधवार

छत्रेश्वरीमा ६ महिनाको आम्दानी २२ करोड बढी

सल्यान, पुस २८ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले को १७ औँ गाउँसभा आइतबार भयो ।

केही बजेट तथा योजना संशोधन र बजेट तथा कार्यक्रमको समिक्षा सर्वसम्मत रुपमा पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।

१७ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार गाउँपालिकाको चालू आर्थिक बर्षमा ४९ करोड ४७ लाख २६ हजार ८६८ रुपैयाँ अनुमानित आय रहेकोमा हाललसम्म २२ करोड १ लाख ९२ हजार ३५१ रुपैयाँ मात्र आम्दानी भएको छ ।

गाउँ पालिकामा हालसम्म चालू तर्फ १२ करोड १२ लाख ४३ हजार २५९ रुपैया अर्थात ३५.१४ प्रतिशत मात्र खर्च भएको छ भने पुजिगत तर्फ १ करोड १३ लाख ९६ हजार ७२७ रुपैया अर्थात ७.६१ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षमा संचालन भएका योजना कार्यक्रमका सन्दर्भमा समिक्षा र छलफल गर्दै विभिन्न निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले जानकारी दिए ।
गाउँसभाका अध्यक्ष ओजबहादुर बुढाथोकीले गाउँपालिकाका योजना र कार्यक्रम कार्यान्वयनका लागि सबैको साथ र सहयोग अपरिहार्यता औंल्याएका थिए ।


सभामा गाउँसभा उपाध्यक्ष बुद्धकुमारी खत्रीले संशोधित बजेट प्रस्ताव पेश गरेकी थिइन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्ने सुझाव सभाका अन्य बक्ताहरुको थियो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *