सितलपुर, पुस २८ । दाङको सितलपुरस्थित पाण्डव स्नान स्थल बबई नदीमा माघे सक्रान्तिको दिन माघ स्नान तथा अग्नि तपको व्यवस्था गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ११,१२ र १३ को संगम स्थल बबई घाटमा स्नानका लागि सरसफाई गरिने भएको छ।
काठ बैंक तथा घाट व्यबस्थापन समितिले स्नान स्थल व्यवस्थापन तयारीका लागि सोमबार बिहानदेखि घाट सरसफाई गर्ने भएको छ ।
स्नान स्थल तथा घाट फोहर भएका कारण माघ स्नानका लागि सरसफाई समितिका अध्यक्ष देविराम कुसारीले बताएका छन् ।
अग्नि तपका लागि तुलसीपुर – १३ का वडा अध्यक्ष मोहनलाल पौडेल, काठ बंैक तथा घाट व्यवस्थापन समितका कोषाध्यक्ष एवं हिमाल समिलका सञ्चालक द्धय हरिप्रसाद बुढाथोकी र जागेश्वर खड्का (जेके), तुलसीपुर १३ का व्यवसायी ठकुर डिसीले दाउरा सौजन्य गरेको समितिका सचिब हेमराज डाँगीले बताएका छन् ।
सत्य युगमा पाण्डबहरु बिहा गर्न आउँदा सितलपुरमा स्नान गरी धुपदिप गरेको विश्वसा रही आएको छ ।

