२०८२ असार ३० गते मङ्गलवार

नेपालगञ्जको न्यूनतम तापक्रम ११ र भैरहवाका १० सेल्सियस

मध्यान्हबाट बाक्लो हुस्सु सुधार हुने



दाङ, पुस २८ । लुम्बिनी प्रदेशका तराइ जिल्लाहरुमा आइतबार बाक्लो हुस्सु लागेको छ ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यो हुस्सुमा मध्यान्हबाट सुधार हुने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले बिहान पौने ९ बजे सार्वजनिक गरेको बुलेटिनमा बाँकेको नेपालगञ्जमा न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ । पारदर्शिता मिटरमा २५०० मात्रै छ ।

त्यस्तै बिहान पौने ९ बजे भैरहवाको न्यूनतम तापक्रम १० डिग्री सेलसियस छ । यहाँ काक्लो हुस्सुका कारण पारदर्शिता मिटरमा २००० मिटर मात्रै छ ।


लुम्बिनीका तराइका जिल्लाहरुमा लागेको बाक्लो हुस्सुमा मध्यान्हदेखि सुधार हुने संभावना पनि महाशाखाले औंल्याएको छ । आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बाक्लो हुस्सु लागेको र त्यसबाट सामान्ने जनजीवन प्रभावित भएको छ ।

चिसो बढेका कारण स्वास्थ्य सम्सया आउनुका साथै सडक यातायात, हवाइ यातायातमा समस्या उत्पन्न हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *