२०८२ असार २७ गते शनिवार

तुलसीपुर खानेपानीको साधारणसभा तथा अधिवेशन

पिउने पानी चुनौतिपुर्ण बन्दै


तुलसीपुर, पुस २७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २० औं साधारणसभा तथा १२ औं अधिवेशन तुलसीपुरमा सुरु भएको छ ।

साधारणसभा सम्पन्न भए पनि अधिवेशनको मिति भने शनिबार अवेरसम्म तोकिएको छैन ।
साधारणसभा कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा स्वच्छ र सफा पिउने पानी चुनौति बन्दै गएको बताएका थिए ।

‘कागजी रुपमा वा सार्वजनिक समारोहमा बोल्दा जसरी खानेपानीलाइ संविधानले दिएको मौलिक हकका रुपमा व्याख्या गरिन्छ, तर यो क्षेत्रमा बजेट विनियोजन गर्न भने उच्च सरकारी संयन्त्रहरु अहिलेसम्म उदार देखिएका छैनन्’, साधारणसभा तथा अधिवेशनलाइ सम्वोधन गर्दे खानेपानी विभाग सहलगानी खानेपानी आयोजना कार्यालय काठमाण्डौका प्रमुख नारायण प्रसाद आचार्यले भने ।

उनले अहिले तुलसीपुरमा उपलब्ध श्रोतले यहांका जनतालाइ धान्न नसक्ने भएकाले श्रोतको संरक्षण र नयां श्रोतको खोजी गर्न पनि उपभोक्ता समितिलाइ सुझाव दिए ।

यसले अबको पाच बर्षमा सवैलाइ स्वच्छ खानेपानी पुराउने राष्ट्रिय निति पुरा हुने अवस्था पनि पुरा हुने छैन, नत नेपाल सरकारको एक घर एक धाराको निति नै कार्यान्वयनमा आउन सक्ने छ,उनले भने ।

सोहि अवसरमा बोल्दै साधारणसभाका विशिष्ठ अतिथि तथा संघिय खानेपानी तथा ढल निकाश आयोजना बांकेका प्रमुख अतुलेश कर्णले पानीको श्रोत कमजोर बन्दै जांदा उपभोक्ताहरु भने बर्षेनी बढिरहेकाले सहज रुपमा पिउने पानी निकै चुनौतिपुर्ण रहेको बताए ।

यसलाइ सन्तुलनमा ल्याउन तल्लो तहका उपभोक्ताहरुदेखि राज्यका निति निर्माता सम्म गम्भीर भएर पानीको श्रोत बढाउने तर्फ लाग्नुपर्ने पनि उनको सुझाव थियो ।

सोहि अवसरमा साना शहरी खानेपानी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले संविधानमा भएका कुरा जनताले पाउन नसकेको बताए ।

संविधानको धारा ४ मा खानेपानीलाइ मौलिक हकका रुपमा स्थापित गरिएपनि सहलगानी आयोजनाका नाममा जनताले ऋण लिएर आयोजनामा पैसा लगाउनुपर्ने बाध्यता रहेको उनको अभिव्यक्ति थियो ।

राजनितिक हस्तक्षेपकै कारण पनि खानेपानीका सन्दर्भमा बन्ने अशल कानुनलाइ कार्यान्वयनमा ल्याउन समेत समस्या भएको पनि उनले बताए ।

सो अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका खानेपानी उपभोक्ता संस्थाका नेतृत्वहरुले पनि खानेपानीलाइ मौलिक हकका रुपमा स्थापित गरीएपनि राज्यको यसमा लगानी न्युन हुँदा निकै चुनौतिपुर्ण रहेको पनि बताएका छन् ।

सरकार खानेपानीमा लगानी गर्ने सन्दर्भमा यस्तै निरिह रहदै आए अवको केहि बर्षभित्रै उपभोक्ता संस्थाहरुले आफ्ना संस्थाहरु सरकारलाइ बुझाउन बाध्य हुने पनि उपभोक्ता संस्था नेतृत्वहरुको चेतावनी थियो ।

साधारणसभामा घोराही खानेपानीका अध्यक्ष देवी वहादुर डिसी, नारायणपुर खानेपानीका कुल प्रसाद रजौरे, वेलझुण्डि खानेपानीका प्रदिप गौतम, अमृतपुर खानेपानीका केशव सापकोटा, राष्ट्रिय साना शहरी खानेपानी महासंघका सल्लाहकार तथा पुर्व आयोजना प्रमुख चोक प्रसाद धिताल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत खड्का, एमालेका श्याम डांगी यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार शुरेश हमालले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी साधारणसभामा तुलसीपुर उपमहानगरपालिका—५ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नंवर ६ का अध्यक्ष दुजमान भण्डारी, ७ का अध्यक्ष खुसीराम चौधरी, घोराही खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख तिलक न्यौपाने, खानेपानी संस्थाका पुर्व अध्यक्ष टोप वहादुर शाह, सल्लाहकार जनक खराल, तुलसीपुर उवासंघका महासंघका महासचिव केशव राज केसी, नेपाल पत्रकार महासंघका केन्द्रिय परीषद सदस्य शुशिल बस्नेत, तुलसीपुर चेम्बरका उपाध्यक्ष सन्तोष कुमार खड्का, तुलसीपुर खानेपानी संस्था सिस्टम नंवर ५ का जित वहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव सेवकराम भण्डारीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन भोला थापाले प्रस्तुत गरेका थिए ।

वन्द सत्रमा यी दुवै प्रतिवेदनका विषयमा साझ अवेर सम्म पनि छलफल जारी रहेको र अधिवेशनको मिति अझै तय नभएको संस्थाका सचिव सेवकराम भण्डारीले बताएका छन् ।

साधारणसभाको खुल्ला सत्रमा संस्थाका अध्यक्ष सिताराम शर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सेवकराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *