२०८१ फाल्गुन ७ गते बुधवार

रबि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश

अरु ६ जना कस्लाई कति धरौटी तोकियो ?


दाङ, पुस २५ । सुर्यदर्शन सहकारीको बचत अपचलनविरूद्ध मुद्दा लागेका रबि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।


राराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई धरौटीमा छोड्न आदेश भएपछि रास्वपाका कार्यकर्ताले त्यसको स्वागतमा पोखरामा खुसीयाली मनाएका छन् ।


रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।


जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको चस्मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो।


त्यसअघि सहकारी ठगीमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर प्रतिनिधि सभा अवरोध गरेको थियो । त्यसपछि गत जेठ १५ गते रास्वपासहितको प्रतिनिधित्व रहने गरी संसदीय छानबिन समिति गठन भएको थियो। जस्को संयोजक नेकपा एमालेका नेता सुर्य थापा थिए ।


त्यो छानविन समितिले छानबिन पछि लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषदको बैठकले समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *