२०८२ साउन १ गते बिहिवार

चिसो र शीतलहरट बच्न जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

दाङ,पुस २४ । जिल्ला प्रशासन कार्यालय दाङले चिसो र शितलहरबाट बच्न आग्रह गरेको छ।

चिसो मौसमको सुरुवातसँगै दाङ जिल्लामा शीतलहरको प्रभाव बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालय दाङले स्वास्थ सजकता अपनाउन आग्रह गरेको हो।

प्रशासनले जारी गरेको सूचनामा चिसोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरू बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

साथै, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, न्यानो कपडा लगाउन, तातोपानीको सेवन गर्न र आगो वा हीटरको प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यद्वारा जारी सूचनामा शीतलहर आकस्मिक प्रतिकार्य योजना, २०७९ लागू गरेको बताइएको छ ।

विशेष गरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई शीतलहरले बढी प्रभावित गर्न सक्ने भएकाले सावधानी अपनाउन स्थानीय निकाय, सुरक्षा निकाय, निजी क्षेत्र र सञ्चार माध्यमहरूसँग समन्वय गरी योजना सञ्चालन गरिने सूचनामा उल्लेख छ।

शीतलहरबाट बच्न अनावश्यक रूपमा घरबाहिर ननिस्कन, तातो कपडा लगाउन, तातो झोलिलो पदार्थ सेवन गर्न, र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *