२०८२ साउन १ गते बिहिवार

बलात्कार मुद्दामा फरार प्रतिबादी सुनार पक्राउ

दाङ, पुस २४ । बाँके प्रहरीले एक जना बलात्कार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।


बाँके प्रहरीले जिल्लाको खजुरा गाउँपालिका – २ घर भइ हाल नेपालगञ्ज उपमहानगरपालिका –४ मा बस्दै आएका ४५ बर्षीय रामबहादुर सुनारलाई बुधबार पक्राउ गरेको हो । उनलाई अब झन्डै आठ बर्ष कैद सजाय भुक्तान गर्नु पर्ने भएको छ ।


बलात्कार मुद्दामा बाँके जिल्ला अदालतले सुनारका बिरुद्ध २०८० । ०९। १६ गते ७ बर्ष १० महिना २४ दिन कैदका साथै तीन लाख जरिवानाको पैmसला सुनाएको थियो । फरार रहँदै आएका सुनारलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

सुनारलाई बुधबार नै जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशले तोकिएको सजाय तथा जरिवाना भुक्तान गर्न उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *