दाङ, पुस २४ । रुकुमपश्चिमको ठूलीभेरी नदीमा तैरिरहेको अवस्थामा एउटा शब फेला परेको छ ।
बुधबार बिहान सवा ८ बजेतिर नदीमा तैरिरहेको अवस्थामा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा पुगेको नौं जनाको प्रहरी टोलीले नदी किनारमा तैरिरहेको अवस्थामा आठबिसकोट नगरपालिका ११ र १३ को सीमाना क्षेत्रको नदीमा तैरिरहेको अवस्थामा एक जना पुरुषको शव फेला परेको थियो ।
रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले शब सडे गलेको अवस्थामा फेला परेको जानकारी दिए । शबको पहिचान भइ सकेको छैन ।
शरीरमा कपडा नभएको अवस्थामा फेला परेको शवको पहिचानको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले तर्फ शबको पठाइएको प्रहरीले जानकारी दिएको छ ।