२०८२ असार २७ गते शनिवार

ट्रयाक्टरको ट्रलीले च्यापेका ब्यक्तिको मृत्यु

दाङ, पुस २४ । सल्यानमा बुधबार बिहान ट्रयाक्टरको ट्रलीले च्यापेको अवस्थामा उद्धार अस्पताल पु¥याएका ब्यक्तिलाई चिकित्सले मृत घोषणा गरेका छन् ।


ट्रयाक्टर पल्टिदा ट्रलीमा सवार कम्पोष्ट मलका मालिक जिल्लाको छत्रेस्वरी गाउँपालिका – १ का ४९ का क्षेत्रबहादुर खत्रीलाई अचेत अवस्थामा उद्धार गरि जिल्ला अस्पताल खलंगा पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले अस्पताल पु¥याउना साथ चिकित्सकले अचेत अवस्थाका खत्रीलाई मृत घोषणा गरेको जानकारी दिए ।

ट्रलीले च्यापिएका खत्रीको जेसिबीको मद्दतले उद्धार गरि अस्पसताल पु¥याइएको थियो ।

बुधबार विहान साढे ८ बजेतिर छत्रेस्वरी गाउँपालिका – १ मयतीस्थित भित्री सडक खण्डमा भालुमारेदेखि कम्पोष्ट मल बोकेर मैयनीतर्फ जादै गरेको लु.प्र. ०२०० त ००१२ नम्बरको ट्रयाक्टर मोड्मा टर्निङ नपुगेर दुर्घटना पर्दा ट्रलमीमा बसेका खत्रीलाई त्यसैले च्यापेको थियो ।

ट्रयाक्टर चालक बागचौर नगरपालिका – ९ का ३५ बर्षीय सुरेश चन्द फरार छन् । उनको खोजी भइरहेको प्रहरीले डिएसपी न्यौंपानले जानकारी दिए ।
ट्रयाक्टरमा कुल चार जना सवार रहेपनि अगाडि बसेकाहरु कसैलाई पनि चोट पटक नलागेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *