दाङ, पुस २४ । सल्यानमा बुधबार बिहान ट्रयाक्टर दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।
ट्रयाक्टर पल्टिदा ट्रलीमा सवार कम्पोष्ट मलका मालिक जिल्लाको छत्रेस्वरी गाउँपालिका – १ का ४९ का क्षेत्रबहादुर खत्रीलाई अचेत अवस्थामा उद्धार गरि अस्पताल तर्फ पठाइएको छ ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले ट्रलीले च्यापिएका खत्रीको जेसिबीको मद्दतले उद्धार गरि अस्पसताल ल्याउन थालिएको जानकारी दिए । ट्रयाक्टरमा कुल चार जना सवार रहेपनि अगाडि बसेकाहरु कसैलाई पनि चोट पटक नलागेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार विहान साढे ८ बजेतिर छत्रेस्वरी गाउँपालिका – १ मयतीस्थित भित्री सडक खण्डमा भालुमारेदेखि कम्पोष्ट मल बोकेर मैयनीतर्फ जादै गरेको लु.प्र. ०२०० त ००१२ नम्बरको ट्रयाक्टर मोड्मा टर्निङ नपुगेर दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ ।
ट्रयाक्टर चालक बागचौर नगरपालिका – ९ का ३५ बर्षीय सुरेश चन्द फरार छन् । उनको खोजी भइरहेको प्रहरीले डिएसपी न्यौंपानले जानकारी दिए ।

